काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.५२ अंकले बढेर २६४१.४३ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ४.९० अंकले बढेर २६३९.९१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १२५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा छ अर्ब २० करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा छ अर्ब ९९ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सुपरमादी हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य ९.९४ प्रतिशतले बढेको हो। आज आइसीएफसी फाइनान्स डिबेञ्चर कम्पनीको शेयरमूल्य ३.३० प्रतिशतले घटेको
Advertisment