काठमाडौं : नेको इन्स्योरेन्स कम्पनी लिमिटेड लाभांश घोषणा गरेको छ । पुस ३० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि १२.७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।