काठमाडौं : नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाल बचतकर्ताहरुको सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा योगदान पुर्याउनेले उद्देश्यले ‘विद्यार्थी सशक्तिकरण कार्यक्रम-२०८२’ सम्पन्न गरेको छ।
.jpg)
कोटेश्वरस्थित कस्मिक इन्टरनेशनल एकेडेमीमा दुई दिनसम्म (शुक्रबार र शनिबार) आयोजित कार्यक्रममा २५२ जना बाल बचतकर्ताको उत्साहपूर्ण सहभागिता र ३९८ जना अभिभावकको उपस्थितिले कार्यक्रम थप जीवन्त बनेको थियो।
कार्यक्रमको पहिलो दिन ३ देखि ८ वर्ष उमेर समूहका बाल बचतकर्ताहरू सहभागी भए भने दोस्रो दिन ९ देखि १५ वर्ष उमेर समूहका बालबालिकाको सहभागिता थियो।

‘विद्यार्थी सशक्तिकरण कार्यक्रम’ अन्तर्गत चित्रकला, हस्तलेखन, गायन, नृत्य, भाषण र कविता वाचनजस्ता प्रतियोगितामार्फत बालबालिकाले आफ्ना प्रतिभा प्रस्तुत गरे। त्यस्तै Collecting Balls, Dropping Coins in the Khutruke, Balloon Balance, Throwing Balls, Hot Potato, Biscuit Eating Competition, Hug the balloon जस्ता खेलकुद कार्यक्रमले उनीहरूलाई बचतको बानी, सहकार्य र अनुशासनको महत्व सहज रूपमा बुझ्न सहयोग पुर्याएको थियो ।
.jpg)
विद्यार्थी (संस्थाको बाल बचतकर्ता) भाईबहिनीहरूलाई आत्मविश्सासी, जिम्मेवार, अनुशासित तथा भविष्य प्रति सचेत नागरिकको रूपमा विकास गराउनु नै कार्यक्रमको प्रमुख उद्देश्य रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले बताए ।
‘पढाईसँगै जीवन उपयोगी सीप, नैतिक मूल्य, नेतृत्व क्षमता र सकरात्मक सोचको विकास आजको आवश्यकता हो’, प्रमुख कार्कीले भने, ‘यस कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो लक्ष्य पहिचान गर्न, क्षमता उजागर गर्न र उज्यालो भविष्यतर्फ अघि बढ्न प्रेरणा दिने विश्वास संस्थाको छ।’

.jpg)
बाल बचतकर्ताहरूले आफू आबद्ध ज्योतिपुञ्ज साकोसबारे जानकारी लिँदै सहकारीको अवधारणा, बचतको महत्व र सामूहिक प्रयासबाट भविष्य सुरक्षित गर्न सकिने सन्देश बुझ्ने अवसर पाएका थिए । साथै फरक विद्यालय, भूगोल र परिवेशबाट आएका साथीहरूसँग अन्तरक्रिया गर्दै सामाजिक सम्बन्ध विस्तार गर्ने मौका पनि उनीहरूका लागि महत्वपूर्ण अनुभव बनेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षता एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता थियो ।
.jpg)
ज्योतिपुञ्ज सहकारीले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै समयानुकूल विविध र नवीन कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।
.jpg)
Advertisment