काठमाडौं : ग्राउन्ड क्लियरेन्स कम भएका गाडीका लागि प्रभावकारी समाधानका रूपमा रोजरएबको माग नेपाली बजारमा तीव्र रूपमा बढ्दै गएको छ।
रोजरएब कार केयर लाउन्ज प्रालिले बजारमा ल्याएको यो आफ्टरमार्केट एसेसरिज उच्च गुणस्तरको सिलिकनबाट निर्माण गरिएको प्रमाणित (सर्टिफाइड) प्रोडक्ट हो, जसमा कम्पनीले पाँच वर्षको ग्यारेन्टी प्रदान गरेको छ।
रोजरएब गाडीको चारवटै सस्पेन्सन क्वाइलमा करिब ३० मिनेटभित्र जडान गर्न सकिन्छ। जडानपछि यसले गाडीका अन्य पार्ट्समा कुनै नकारात्मक प्रभाव नपार्ने कम्पनीको दाबी छ। प्रयोगपछि गाडीको ग्राउन्ड क्लियरेन्स एकदेखि डेढ इन्चसम्म बढ्ने भएकाले स्पिड ब्रेकरमा छुने, कच्ची तथा खराब सडकमा ठोक्किने समस्या उल्लेख्य रूपमा कम हुन्छ।
यो प्रोडक्टले अफरोड वा असमतल सडकमा गाडी चलाउँदा हुने हल्लिने र जर्क हुने समस्या समाधान गर्नुका साथै सस्पेन्सनलाई क्षति हुनबाट जोगाउँछ। साथै, खराब बाटोमा पनि गाडीको ह्यान्डलिङ राम्रो हुने र ड्राइभिङ अनुभव थप सहज हुने प्रयोगकर्ताहरूको अनुभव छ।
रोजरएब भारतको रोज कम्पनीद्वारा निर्मित प्याटेन्टेड प्रोडक्ट हो, जसको नक्कल अन्य कम्पनीले गर्न सक्दैनन्। यो उत्पादन भारतबाट विभिन्न देशमा निर्यात हुँदै आएको छ। नेपालमा पनि यसको सफल परीक्षण र जडान भइरहेको छ र हाल देशभर डिलर नेटवर्क विस्तार हुँदै गएको छ।
ग्राउन्ड क्लियरेन्स कम भएका गाडी तथा कम्फर्ट खोज्ने प्रयोगकर्ताका लागि रोजरएब कारदेखि जिपसम्म जडान गर्न मिल्ने गरी सातवटा साइजमा उपलब्ध छ। विशेषगरी, इभी (इलेक्ट्रिक भेहिकल) मा ब्याट्री तल्लो भागमा रहने भएकाले रोजरएब इभीका लागि अझ उपयोगी मानिएको छ।
टोयोटाको आधिकारिक सर्भिस सेन्टरले समेत यसको प्रयोग सुरु गरिसकेको छ भने कम्पनीले अन्य ब्रान्डहरूसँग पनि सहकार्यको पहल गरिरहेको जनाएको छ। उपभोक्ताको विश्वास थप मजबुत बनाउन कम्पनीले ३० दिनको ‘वाइ ब्याक’ वारेन्टी समेत उपलब्ध गराएको छ।
कम ग्राउन्ड क्लियरेन्सका कारण हैरानी भोगिरहेका गाडीधनीहरूका लागि रोजरएब अहिले प्रभावकारी र भरपर्दो समाधानका रूपमा स्थापित हुँदै गएको छ।
Advertisment