काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १.५२ अंकले बढेर २६४१.४३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २२४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा सुधार देखिएको छ । आज बजारमा आठ अर्ब ४० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा छ अर्ब २० करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज मञ्जुश्री फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५३ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक र गोर्खाज फाइनान्स कम्पनी रहेका छन्। यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८.७८ प्रतिशतले घटेको छ।
Advertisment