Below Menu
Below Menu

१६१ सहकारीले पाए प्राधिकरणबाट सञ्चालन इजाजत

१६१ सहकारीले पाए प्राधिकरणबाट सञ्चालन इजाजत

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट ‘सञ्चालन इजाजतपत्र’ पाउने सहकारीको संख्या १६१ पुगेको छ ।

मंसिर १० गते ‘सहकारी दर्ता पोर्टल’ सार्वजनिक गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सञ्चालन इजाजतपत्र आवेदन खुला गरेको प्राधिकरणले हालसम्म १६१ सहकारीलाई सञ्चालन इजाजतपत्र प्रदान गरेको हो ।

प्राधिकरणका अनुसार हालसम्म २ हजार ८ सय सहकारीले दर्ता प्रक्रिया सुरु गरेका छन् । भेरिफिकेशन पुरा भएका ५० सहकारीको इजाजत जारी गर्ने प्रक्रियामा प्राधिकरण रहेको छ भने दर्ता अभिलेखिकरणका सबै प्रक्रिया पूरा गरिसकेका सहकारीको संख्या एक हजार ५० सहकारी पुगेको छ।

प्राधिकरणका अनुसार बागमती प्रदेशका ४३८, कोशी प्रदेशका १७९, मधेश प्रदेशका ६९, गण्डकी प्रदेशका १६, लुम्बिनी प्रदेशका १५६, कर्णाली प्रदेशका १० र सूदूरपश्चिम प्रदेशका ३४ सहकारीदले दर्ता अभिलेखिकरणका सबै प्रक्रिया पूरा गरिसकेर इजाजतको पर्खाइमा छन् ।

प्राधिकरणमा दर्ता प्रक्रिया सुरु गर्नेमा बागमती प्रदेशका ११९८, कोशी प्रदेशका ३८३, मधेश प्रदेशका ३१७, गण्डकी प्रदेशका ३५३, लुम्बिनी प्रदेशका ३३३, कर्णाली प्रदेशका ६४ र सूदूरपश्चिम प्रदेशका १०७ सहकारी रहेको प्राधिकरणले जनाएको छ ।
 

Advertisment

थप समाचार