Below Menu
Below Menu

सहारा नेपाल साकोसको कुल सम्पत्ति २० अर्ब नजिक, संस्थागत पुँजी ७.१४ प्रतिशत

सहारा नेपाल साकोसको कुल सम्पत्ति २० अर्ब नजिक, संस्थागत पुँजी ७.१४ प्रतिशत

काठमाडौं : बिर्तामोड-२ चारपाने, झापामा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल सम्पत्ति २० अर्ब नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८२/८२ को पौष मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको कुल सम्पत्ति १९ अर्ब २२ करोड ७२ लाख रुपैयाँ पुगेको छ । संस्थाको बाह्य ऋण शून्य (० प्रतिशत) छ ।

वित्तीय विवरण अनुसार संस्थाको संस्थागत पुँजी करिब १ अर्ब ३७ करोड ३७ लाख ८३ हजार ६५७ रुपैयाँ (७.४१ प्रतिशत) बढी पुगेको छ । सहकारीमा संस्थागत पुँजी पर्याप्त हुनु भनेको नाफा, जगेडा कोष र अन्य कोषमार्फत संस्थाले आफ्नै आधार बलियो बनाउनु हो, जसले बाह्य दबाब र जोखिम न्यूनीकरणमा सहयोग पुर्याउँछ।

संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कुल बचत करिब १४ अर्ब ८८ करोड २५ लाख रुपैयाँ संकलन गरेको छ भने लगानीमा रहेको कर्जा ११ अर्ब ७२ करोड ३९ रुपैयाँ रहेको छ । त्यस्तै, विभिन्न कोषमा ८० करोड ३१ लाख रुपैयाँ रहेको छ । संस्थामा तरलता प्रतिशत ३७.२२ प्रतिशत कायम छ।

एक लाख ९५ हजार १९५ सदस्य रहेको सहारा नेपाल साकोसबाट ६४ हजार ४५० जना सदस्यले ऋण सेवा उपभोग गरिरहेका छन् । कुल सदस्य संख्याको उल्लेख्य हिस्सा कर्जा सेवामा समेटिनुले सहारा नेपाल साकोसले आफ्ना सदस्यको आर्थिक आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गरिरहेको देखाउँछ । यसले संस्थाले बचत संकलन मात्र नभई उत्पादनशील र आवश्यकतामा आधारित कर्जा प्रवाहमार्फत सदस्यको जीवनस्तर सुधार, उद्यमशीलता प्रवद्र्धन र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेलेको संकेत गर्छ। 

सानो–सानो रकम धेरै सदस्यसम्म कर्जा प्रवाह गर्नु सहारा नेपाल साकोसको जिम्मेवार कर्जा नीति, सुदृढ जोखिम व्यवस्थापन र दिगो सहकारी अभ्यासलाई झल्काउने पक्ष हो। सहकारी क्षेत्रका जानकारहरूका अनुसार यस्तो सन्तुलित कर्जा विस्तारले सदस्यलाई अनावश्यक ऋणभारबाट जोगाउँदै आवश्यकतामा आधारित आर्थिक सहयोग पुर्याउँछ भने संस्थाको वित्तीय स्थायित्व र भरोसा पनि मजबुत बनाउँछ।

Advertisment

थप समाचार