Below Menu
Below Menu

कर्जा सूचना केन्द्रमा सहकारीहरुका लागि सदस्यता खुला, यस्तो छ प्रक्रिया र शुल्क

कर्जा सूचना केन्द्रमा सहकारीहरुका लागि सदस्यता खुला, यस्तो छ प्रक्रिया र शुल्क

काठमाडौं : कर्जा सूचना केन्द्र लिमिटेड बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सदस्यता खुला गरेको छ । केन्द्रले सूचना जारी गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र लिएका सहकारीहरुका लागि सदस्यता खुला गरेको हो ।

कर्जा सूचना केन्द्र लिमिटेडले “सदस्यता संस्था(हरू) दर्ता प्रणाली (Membership Institution(s) Registration System – MIRS)” सञ्चालनमा ल्याएको छ। सो प्रणालीमार्फत सहकारी संस्थाहरूले अनलाइन माध्यमबाट सदस्यताका लागि आवेदन दिन सक्नेछन्।

अनलाइन आवेदन पेश गर्दा कर्जा सूचना केन्द्र लिमिटेडलाई सम्बोधन गरिएको आवेदन पत्र, सञ्चालक समितिको निर्णय/स्वीकृति पत्र, राष्ट्रिय सहकारी नियमन प्राधिकरण (NCRA) को दर्ता पत्र, सहकारी दर्ता प्रमाणपत्र तथा PAN दर्ता प्रमाणपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।

सदस्यता दर्ता शुल्क ११३० रुपैयाँ (VAT सहित) तोकिएको छ। सहकारी सदस्यता दर्ताका लागि https://mirs.cibnepal.org.np/ लिंक प्रयोग गर्न सकिने केन्द्रले जनाएको छ।

उक्त अनलाइन प्रणाली सदस्यता दर्ताका लागि मात्र प्रयोग हुने केन्द्रले स्पष्ट पारेको छ। कर्जा सूचना प्रतिवेदन (Credit Information Report) उत्पादन, कालोसूचीकरण वा अन्य सेवा प्रयोजनका लागि यो प्रणाली प्रयोग नहुने केन्द्रले स्पष्ट पारेको छ। 

थप जानकारी, स्पष्टीकरण वा प्राविधिक सहयोग आवश्यक परे cooperative@cibnepal.org.np मा सम्पर्क गर्न केन्द्रले आग्रह गरेको छ।

सहकारी ऐन, २०७४ (२०८१ मा संशोधित दफा ८१ र १०१) बमोजिम बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूले कर्जा सूचना केन्द्र लिमिटेडको सदस्यता लिनु अनिवार्य गरेको छ।

Advertisment

थप समाचार