Below Menu
Below Menu

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ माघ १८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला 

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ माघ १८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला 

काठमाडौं : सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकितदरमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजी ६८ करोड  ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड  ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये छ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको ६ लाख ८९ हजार ६७५ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र छ करोड ८९ लाख ६७ हजार रुपैयाँ बराबरको ६८ हजार ९६७ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै सामूहिक लगानी कोषहरुका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीहरुका लागि १३ हजार ७९३ कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । बाँकी रहेको पाँच करोड ७२ लाख ४३ हजार रुपैयाँ बराबरको ५ लाख ७२ हजार ४३१ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयरमा माघ २१ गतेसम्म आवेदन दिन सकिने छ भने ढिलोमा फागुन ३ गतेसम्म निष्कासनमा रहने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
 

Advertisment

थप समाचार