Below Menu

एशियन हाइड्रोपावरको लकइन पिरियड फागुन १३ सकिने, साढे २५ लाख कित्ता शेयर थपिदै

एशियन हाइड्रोपावरको लकइन पिरियड फागुन १३ सकिने, साढे २५ लाख कित्ता शेयर थपिदै

काठमाडौं : एशियन हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) फागुन १३ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले संस्थापक शेयरधनी, कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि २५ लाख ७६ हजार ८०० कित्ता शेयर लकइनमा राखेको थियो ।

कम्पनीले २२ लाख २० हजार कित्ता योग्य संस्थापक लगानीकर्ताका लागि बाँडफाँट गरी सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १६ हजार ८०० कित्ता कर्मचारीहरुका लागि र तीन लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बाँडफाँट गरी लकइनमा राखेको थियो । 

उक्त शेयरको लकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।