Below Menu
Below Menu

बद्लिनै पर्छ भन्ने पुकारको सम्मान स्वरुप काङ्ग्रेसमा परिवर्तन आएको हो: सभापति थापा

बद्लिनै पर्छ भन्ने पुकारको सम्मान स्वरुप काङ्ग्रेसमा परिवर्तन आएको हो: सभापति थापा

काठमाडौं : नेपाली काङ्ग्रेसका सभापति गगन थापाले काङ्ग्रेस बदलिनै पर्छ भन्ने पुकारको सम्मान स्वरुप काङ्ग्रेसमा परिवर्तन आएको बताएका छन् ।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकपश्चात उनले काङ्ग्रेस बदलिनै पर्छ भन्ने आह्वान र पुकारको सम्मान गरेको भन्दै संस्थापक नेता र यो पार्टीले त्यहीँ सिकाएको बताए ।

उनले भने, ‘यो कुर्सीमा बस्न सजिलो छ तर जिम्मेवारी पूरा गर्ने कुरा अत्यन्त कठिन छ । हामीले नागरिकहरुको कुरा सुनेको हो, काङ्ग्रेस बदलिनै पर्छ भन्ने त्यो आह्वानलाई, त्यो पुकारलाई हामीले सम्मान गरेको हो त्यो गर्नुपर्छ । हाम्रो संस्थापक नेता र यो पार्टीले हामीलाई सिकाएको कुरा यही हो। हामीले निर्वाचनको लागि उम्मेदवारीहरु चयन गर्ने काम गर्नुपर्यो सजिलो थिएन ।’

यस्तै, उनले देश र राज्य ठिक तरिकाले नचलेको भन्दै नागरिकहरुमा सुशासनको भोक र भ्रष्टाचारको दलदलबाट नेपाल निस्किनु पर्यो भन्ने कुराको छटपटि रहेको बताए । उनले भने, ‘नागरिकहरुमा सुशासनको ठूलो भोक छ, भ्रष्टाचारको दलदलबाट नेपाल निस्किनुपर्यो भन्ने कुराको ठूलो छटपटि छ, युवाहरुमा नेपालभित्र अवसर पाउने व्यवस्था होस् भनेर ठूलो आशा छ, यो देश राम्रो तरिकाले चलोस् भन्ने छ । जसरी देश र राज्य चलि रहेको छ । ठिक तरिकाले चलि रहेको छैन ।’

पार्टीका स्थापनाकालिन मूल्य र मान्यतालाई दृढ, परिष्कृत गरेर जोगाएर लाने काम अबको काङ्ग्रेसले गर्ने भन्दै नयाँ युगको माग अनुसार देशलाई सम्हालेर सुशासनको काम अगाडि बढाउने पनि उनको भनाई छ । 

उनले भने, ‘वर्तमान काङ्ग्रेस हिजोको काङ्ग्रेसभन्दा फरक हो भनेर भन्दै गर्दा हिजो सबै कुरा खराब थियो भन्ने होइन, पुरानो सबै खराब हुँदैन। त्यसकारण हाम्रो पार्टीका स्थापनाकालिन मूल्य र मान्यतालाई दृढ भएर परिष्कृत गरेर जोगाएर लाने काम अबको काङ्ग्रेसले गर्छ । तर नयाँ युगको नयाँ चेतना छ, नयाँ माग छ । त्यही अनुसार यो काङ्ग्रेसले यो देशलाई सम्हाल्ने पनि छ र सँगसँगै सुशासनको काम अगाडि बढाउने पनि छ ।’

Advertisment

थप समाचार