Below Menu
Below Menu

देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड

देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश अझै पनि संकटमा रहेको बताएका छन् ।

नेकपा एमाले ओखलढुंगा जिल्ला समिति र नेपाली कम्युनिष्ट पार्टीमा समायोजन कार्यक्रममा बोल्दै उनले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन र दह्रो एकता जनतामा पैदा गर्न सकिएन भने फेरि पनि दुर्घटना हुनसक्ने भन्दै दुर्घटना पुरै टरीसक्यो भन्ने अवस्था नरहेको बताए ।

उनले भने, ‘देश अझै पनि संकटमा छ । दुर्घटना अब पूरै टरीसक्यो भन्ने पनि छैन् । बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन भने दर्हो एकता जनतामा पैदा गर्न सकिएन भने फेरि पनि दुर्घटना हुनसक्छ । यसलाई रोक्ने जिम्मा कसले लिने, देशलाई फेरि अनिष्टतर्फ जान रोक्ने जिम्मा कसले लिने भन्दा त्यो जिम्मेवारी लिन अगाडि बढ्नुपर्छ भनेर एकताको अभियान सुरु गर्यौं ।’

यस्तै, उनले नेकपा एमालेभित्र रहेका तमाम देशभक्त र वामपन्थीहरु पनि नेपाली कम्युनिष्ट पार्टीमा समायोजित हुने ढोका ओखलढुंगाले खोलिदिएको भन्दै एमालेलाई पनि राष्ट्रिय शक्ति निर्माणको महाअभियानमा सामेल हुन अपिल गरेका छन् ।

उनले भने, ‘नेकपा एमालेभित्र रहेका तमाम देशभक्त र वामपन्थीहरु पनि नेपाली कम्युनिष्ट पार्टीमा समायोजित हुने ढोका ओखलढुंगाले खोलिदिएको छ । म नेकपा एमालेलाई कुनै भ्रममा नपर्न र साच्चिकै राष्ट्रिय शक्ति निर्माणको यो महाअभियानमा सामेल हुन अपिल गर्न चाहन्छु ।’

सोही क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले पनि जेनजी पुस्ताले खोजे अनुसार राजनीतिमा भएको विकृतीहरुलाई अन्त्य गर्ने र समाजमा भएका विसंगतिहरुलाई अन्मूलन गर्ने काम गरेर देखाउने बताए ।

उनले भने, ‘जनचाहना र अहिलेको जेनजी पुस्ताले खोजे अनुसार राजनीतिमा भएको विकृतीहरुलाई अन्त्य गर्ने, समाजमा भएका विसंगतिहरुलाई अन्मूलन गर्ने, र जनभावना अनुसार काम गरेर देखाउने छौ ।’

Advertisment

थप समाचार