Below Menu
Below Menu

सोलु हाइड्रोपावरको आईपीओ सोमबार बाँडफाँट हुने

सोलु हाइड्रोपावरको आईपीओ सोमबार बाँडफाँट हुने

काठमाडौं : सोलु हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) माघ १२ गते बाँडफाँट हुने भएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले सोमबार आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । 

कम्पनीको आईपीओमा कुल २५ लाख ७० हजार ४२२ जना आवेदकबाट तीन करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि आवेदन परेको छ। यसअनुसार आवेदन रकम ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँ पुगेको छ, जुन जारी गरिएको शेयर संख्याभन्दा ३.८६ गुणा बढी माग हो।

आईपीओ बाँडफाँडपछि करिब ८ लाख २० हजार आवेदकले १०–१० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्।

सोलु हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल २ करोड कित्ता आईपीओ जारी गर्न अनुमति पाएको थियो। जसमध्ये १ करोड कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँड भइसकेको छ।

बाँकी रहेको ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो। त्यसपछि बाँकी ८२ लाख कित्ता सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।

Advertisment

थप समाचार