काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत २१ अर्ब रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने र यस्तै ११ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने थप पाँच अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयका अनुसार १८२ दिने ट्रेजरी बिल २०८३ साउन १२ गते र ३६४ दिने ट्रेजरी बिल २०८३ माघ १२ गते परिपक्क हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले माघ १२ गते दिउँसो २ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि माघ ४ गते १० अर्ब करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment