Below Menu
Below Menu

शेयर बजारमा ५७ अंकको वृद्धि, कारोबार रकम १३ अर्ब ७८ करोडमाथि 

शेयर बजारमा ५७ अंकको वृद्धि, कारोबार रकम १३ अर्ब ७८ करोडमाथि 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ९.२३ अंकले बढेर २७१४.६१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २४० कम्पनीको शेयरमूल्य बढेको छ । भने १९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । आज बजारमा १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा नौ अर्ब सात करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४३ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, नेपाल माइक्रो लाइफ, बन्दिपुर केवलकार एण्ड टुरिजम, हिम स्टार उर्जा कम्पनी, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स र आँखु खोला जलविद्युत कम्पनी रहेका छन् ।  यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज एभरेष्ट बैंक डिबेञ्चरको शेयरमूल्य ५.८० प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार