काठमाडौं : एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनर लिमिटेडको आठ लाख ५६ हजार ९६० कित्ता साधारण शेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको छ।
कम्पनीका अनुसार माघ ११ गते आइतबार साँझ ५ बजे बसेको सम्पत्ति, दायित्व तथा लगानी सल्लाहकार उपसमितिको सिफारिसका आधारमा माघ १२ गते बिहान ९ः३० बजे सम्पन्न सञ्चालक समितिको १५८औँ बैठकले उक्त शेयर बिक्रीसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हो।
निर्णयअनुसार बिक्री गरिने शेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत प्रचलित कानुनी तथा नियामकीय व्यवस्था पालना गर्दै दोस्रो बजारमा निष्कासन गरिनेछन्।
यस विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले नेपाल धितोपत्र बोर्ड (सेबोन) अन्तर्गतको सुपरिवेक्षण विभागलाई औपचारिक रूपमा जानकारी गराइसकेको कम्पनीले जनाएको छ।