काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ५७.५५ अंकले बढेर २७७२.१७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने उच्च वृद्धि देखिएको छ । आज बजारमा १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन पावर पार्टनर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एसवाई प्यानल नेपाल, सप्तकोशी डेभलपमेन्ट बैंक, हिम स्टार उर्जा कम्पनी, सान्भि इनर्जी र माउन्टेन हाइड्रो नेपाल रहेका छन् । यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ३.१२ प्रतिशतले घटेको छ ।
Advertisment