Below Menu
Below Menu

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट, आठ लाख २० हजारले पाए शेयर 

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट, आठ लाख २० हजारले पाए शेयर 

काठमाडौं : सोलु हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । कम्पनीकोशेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सोमबार आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणका लागि ८२ लाख कित्ता शेयर निष्कासन गरेको थियो । यस आईपीओमा कुल २५ लाखभन्दा बढी लगानीकर्ताले आवेदन दिएका थिए । प्राप्त आवेदनमध्ये २४ लाख ७१ हजार ७ जनाको आवेदन मात्र योग्य ठहरिएको छ ।

मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको हो । बाँडफाँट अनुसार ८ लाख २० हजार जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदकको हात खाली भएको छ ।

कम्पनीको आईपीओ बाँडफाँडको औपचारिक नतिजा केही समयभित्रै सार्वजनिक गरिने नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

Advertisment

थप समाचार