Below Menu
Below Menu

शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम १४ अर्ब १६ करोड 

शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम १४ अर्ब १६ करोड 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ३.०७ अंकले घटेर २७६९.०९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५७  करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८.५६ प्रतिशतले बढेको छ ।  ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयरमूल्य ६.९३ प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार