Below Menu
Below Menu

सलिकोद्वारा रौतामाईमा कृषि र पशु बीमाबारे सचेतना कार्यक्रम, ४० जना कृषक लाभान्वित

सलिकोद्वारा रौतामाईमा कृषि र पशु बीमाबारे सचेतना कार्यक्रम, ४० जना कृषक लाभान्वित

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा माघ १२ गते उदयपुरको रौतामाई नगरपालिका वड़ा न. ७ को सभा हलमा कृषि, पशुपंक्षी तथा बिपद बीमा जोखिम न्यूनिकरण सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । 

उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा रौतामाई नगरपालिका वड़ा न। ७ का अधक्ष्य मनोज कुमार राणा मगर को प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो । कार्यक्रम सञ्चालन भने गाईघाट शाखा प्रमुख धन बहादुर कटूवालले गरेका थिए ।

कार्यालयका कृषि तथा पशु प्रविधिक, अन्य कर्मचारीहरु, प्रतिनिधि तथा अगूवा कृषकहरु गरी जम्मा ४० जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कृषि तथा पशुपक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी वीमा प्रकृया ,दावी समबन्धमा आवश्यक महत्वपूर्ण जानकारी गराएका थिए ।
 

Advertisment

थप समाचार