Below Menu
Below Menu

रिज लाइन इनर्जीको आईपीओ माघ २८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला 

रिज लाइन इनर्जीको आईपीओ माघ २८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला 

काठमाडौं : रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकितदरमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजी एक अर्ब १८ करोड  ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड सात लाख रुपैयाँ बराबरको २७ लाख सात कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये ११ करोड ८५ लाख रुपैयाँ बराबरको ११ लाख ८५ हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र एक करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको एक लाख ४२ हजार २०० लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै सामूहिक लगानी कोषहरुका लागि ७१ हजार १०० कित्ता र कर्मचारीहरुका लागि २८ हजार ४४० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । 

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयरमा फागुन ४ गतेसम्म आवेदन दिन सकिने छ भने ढिलोमा फागुन १३ गतेसम्म निष्कासनमा रहने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Advertisment

थप समाचार