Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, साढे १४ अर्ब नाघ्यो कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, साढे १४ अर्ब नाघ्यो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ५.०८ अंकले बढेर २७३१.५९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ङादी ग्रुप कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५९ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा हिमाल दोलखा कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.२३ प्रतिशतले बढेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र मिचिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार