Below Menu
Below Menu

नेपाल टेलिकममा रोजगारीको अवसर, ८० पदमा आवेदन खुला

नेपाल टेलिकममा रोजगारीको अवसर, ८० पदमा आवेदन खुला

काठमाडौं : नेपाल टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले जुनियर टेक्निसियन (तेस्रो तह) देखि उपप्रबन्ध (नवौँ तह) सम्मका विभिन्न १२ पदमा कुल ८० जना कर्मचारी भर्ना गर्न लागेको हो।

इच्छुक तथा योग्य नेपाली नागरिकहरूले अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साधारण दस्तुरसहित आवेदन दिने अन्तिम म्याद आउँदो फागुन ७ गते सम्म तोकिएको छ। सो म्यादभित्र आवेदन दिन नसकेका उम्मेदवारहरूले दोब्बर दस्तुर तिरी फागुन १४ गतेसम्म दरखास्त दिन सक्नेछन्।

पद, तह, आवश्यक योग्यता, परीक्षा प्रणाली तथा अन्य विवरण नेपाल टेलिकमको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिनेछ।

Advertisment

थप समाचार