Below Menu
Below Menu

बुडोल सामुदायिक साकोसको २७औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्टलाई सम्मान र पुरस्कार

बुडोल सामुदायिक साकोसको २७औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्टलाई सम्मान र पुरस्कार

काभ्रे : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २७औं वार्षिकोत्सव विविध विधामा उत्कृष्टहरुलाई सम्मान गर्दै सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष कैलाश के.सी. को अध्यक्षता एवं राष्ट्रिय सहकारी महासंघ लि. नेपालका पूर्व अध्यक्ष केशब प्रसाद बडालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उदयराम कायस्थ, नेपाल पत्रकार महासंघका अध्यक्ष विनोद कुमार न्यौपाने र कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेका अध्यक्ष गोपाल प्रसाद दाहालको आतिथ्यता थियो ।

समारोहमा संस्थाले विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी गराए। वर्षको उत्कृष्ट सदस्य २०८२ सम्मान अन्तर्गत उत्कृष्ट बचतकर्ता सम्मानतर्फ इन्दिरा पराजुली र गोवर्धन थापा, उत्कृष्ट ऋण कारोबारतर्फ सुनिता पाण्डे र विश्वनाथ मानन्धर, उत्कृष्ट बालबचतकर्तातर्फ रिभा उपाध्याय र युवेश थापा तथा नियमित रक्तदाता सम्मानतर्फ दिपक सुवाल सम्मानित भएका छन् । 

त्यस्तै, बुसा शैक्षिक सम्मानबाट कुल ६९ जना सम्मानित भएका छन् । स्नातकोत्तर तहतर्फ ९ जना जसमा तह उत्कृष्ट दिनेश भुर्तेल, त्यस्तै,  स्नातक तहतर्फ ७ जना जसमा तह उत्कृष्ट सुमिना अवा, दश जोड दुईतर्फ ५३ जना जसमा तह उत्कृष्ट कृशला लुइटेल सम्मानित भएका छन् । तह उत्कृष्ट ३ जनालाई नगद रु.५,०००।– सहित बुसा सर्वोत्कृष्ट शैक्षिक सम्मान प्रदान गरिएको थियो ।

यस्तै, विशिष्ट सदस्यबाट कान्छीमाया फाउण्डेशन तथा कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पतालमार्फत सामाजिक कार्यमा विशिष्ट योगदान पुर्याए बापत डा. दिलबहादुर तामाङ सम्मानित भएकी छिन् भने विशेष क्षमता (अपाङ्गता) भएका सदस्य सहयोग सम्मान संस्थाले पहिचान गरेको अपाङ्गता परिचय पत्र प्राप्त गरेका २८ जना सदस्यहरुले प्राप्त गरेका छन् । कार्यक्रममा अनुपस्थितहरुरुलाई सम्बन्धित सदस्यको घरमै गई भेटघाट तथा सहयोग उपलब्ध गराउने घोषणा संस्थाले गरेको छ ।

यसैगरी, कर्मचारीतर्फ दीर्घ सेवा पदक तथा सम्मान कार्यकारी अधिकृत रञ्जना सुवाल (२० वर्ष सेवा अवधि) ले प्राप्त गरेकी छिन् भने बरिष्ठ अधिकृत उमेश आचार्य, बरिष्ठ सहायक कविता श्रेष्ठ, सहायक श्रीकृष्ण श्रेष्ठ, कनिष्ठ सहायक सुशिला मानन्धर, मेसेञ्जर मुकुन्द पराजुली र सुरक्षा सहयोगी नवराज भुजेलले दशक सेवा पदक तथा सम्मान (१० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारी) प्राप्त गरेका छन् । वर्षको उत्कृष्ट कर्मचारी २०८२ सम्मान सदस्य सहजकर्ता दिवाकर सुवेदीले प्राप्त गरेका छन् । 

कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुका अतिरिक्त दश जोड दुईतर्फ उत्कृष्ट भई बुसा सर्वोत्कृष्ट शैक्षिक सम्मान प्राप्त गर्ने कृशला लुइटेल र वर्षको उत्कृष्ट सदस्य २०८२ सम्मान प्राप्त गर्ने उत्कृष्ट बचतकर्तातर्फका सदस्य गोवर्धन थापाले पनि मन्तव्य राखेका थिए ।

सभाध्यक्ष तथा संस्थाका अध्यक्ष कैलाश के.सी.ले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रकाश भुर्तेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन संस्थाकी कार्यकारी अधिकृत रञ्जना सुवालले गरेकी थिइन् ।

Advertisment

थप समाचार