काठमाडौं : हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार बिक्री आम्दानी र खुद नाफा दुवैमा उल्लेखनीय सुधार देखिएको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ अर्ब २४ करोड ३० लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ३ करोड रुपैयाँको तुलनामा वृद्धि हो।
आम्दानी वृद्धिसँगै कम्पनीको नाफा पनि सुधार देखिएको हो । समीक्षा अवधिमा कम्पनीको को खुद नाफा १०.७३ प्रतिशतले वृद्धि भई ४४ करोड ८३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
हाल कम्पनीको प्रतिशेयर आम्दानी २४.३१ रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ८७ पैसा पुगेको छ भने मूल्य–आम्दानी अनुपात ४६.८४ गुणा रहेको छ।
पुस मसान्तसम्म तीन अर्ब ६८ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन डिष्टिलरीको जगेडा कोषमा ७६ करोड ९८ लाख रुपैयाँ सञ्चित छ ।
Advertisment