काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.८५ अंकले घटेर २६९४.२० बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १७.५३ अंकले घटेर २७१४.०५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ५० कम्पनीको शेयरमूल्य बढेको छ । भने २०१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा नौ अर्ब १० करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५९ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा मिचिला लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.७० प्रतिशतले बढेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।