काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्नो रिभर्स लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित शेयर जारी गर्न आइतबार स्वीकृति प्रदान गरेको हो ।
कम्पनीले १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो ।
उक्त आईपीओ आयोजना प्रभावित स्थानीयसमेत सर्वसाधारणका लागि खुला गरिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेड रहेको छ ।