काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से १९.८५ अंकले घटेर २६९४.२० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ११४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा आठ अर्ब २२ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा नौ अर्ब १० करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४१ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज र हिम स्टार उर्जा कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment