काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१० स्थित होटल ओल्ड दरबारमा तीनदिने कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिम माघ १३ गतेदेखि माघ १५ गतेसम्म सञ्चालन गरिएको थियो।
कार्यक्रम सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षतामा सम्पन्न भएको हो। तालिममा कृषि तथा पशुपंक्षी विभाग प्रमुख उमेश ढकालले सहजीकरण गरेका थिए ।
तालिम कार्यक्रममा इन्सुरेन्स कम्पनीका प्रतिनिधिहरू तथा विभिन्न जिल्लाबाट आएका अभिकर्ता सहभागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा कुल १५ जना सहभागीहरूले सक्रिय रूपमा सहभागिता जनाई तालिम सफलतापूर्वक सम्पन्न गरी प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रमको सञ्चालन उदयपुर गाईघाट शाखा कार्यालयका प्रमुख धनबहादुर कटुवालले गरेका थिए ।
तालिम प्राप्त गरिसकेपछि अभिकर्ताहरू कृषकहरूको घरदैलोमा पुगेर बीमासम्बन्धी सेवा प्रदान गर्ने, कृषकहरूको जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने तथा कृषि बीमाको पहुँच र दायरा विस्तार हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।
Advertisment