काठमाडौं : सुपरमाई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर वितरण र सोको कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साथै कम्पनीले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।
Advertisment