काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.६४ अंकले घटेर २६८३.१५ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १२.५८ अंकले घटेर २६८३.१५ . बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ११३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा सात अर्ब ४९ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा आठ अर्ब ६३ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८० करोड ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा कालिञ्चोक दर्शन कम्पनी, सुपरमाई हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर र आँखु खोला जलविद्युत कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सान्भि इनर्जीको शेयरमूल्य ४.६३ प्रतिशतले घटेको छ ।
Advertisment