Below Menu
Below Menu

गरिमा विकास बैंक र सुपरमादी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत 

गरिमा विकास बैंक र सुपरमादी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ४५ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले गरिमा विकास बैंक र सुपरमादी हाइड्रोपावर कम्पनीको शेयर ४५ लाख १० हजार ८१० दशलमव ४० कित्ता शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार गरिमा विकास बैंकको ६ प्रतिशत बोनसपछिको ३४ लाख आठ हजार ३१० दशलमव ४० कित्ता शेयर सूचीकृत भएको छ ।

 यसका साथै सुपरमादी हाइड्रोपावर कम्पनीको ५ प्रतिशत बोनसपछिको ११ लाख २ हजार ५०० कित्ता बोनस शेयर सूचीकृत भएके नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।

Advertisment

थप समाचार