Below Menu
Below Menu

सखिया नृत्यमा छमछमी नाचे आनन्द

सखिया नृत्यमा छमछमी नाचे आनन्द

कैलाली : यतिबेला प्रेम दिवस चलिरहेको छ। भ्यालेन्टाइन डे मनाउने हाम्रो परम्परागत सँस्कृति नभए पनि नयाँ पुस्ताको झुकाव यता पनि देखिन्छ।

तर यो वर्ष आसन्न फागुन २१ को निर्वाचनका कारण देश नै चुनावमय बनेको छ। चुनावताका अनेकन परिदृश्य देखिनु नौलो कुरा होइन। कति ले त चटक नै देखाउने गरेका परिदृश्यहरु हाम्रो सम्झनामा ताजै छन्।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा भने एक सौहार्द र साँस्कृतिक प्रेमपूर्ण दृश्यले भने धेरैको ध्यान तानेको छ। नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका गोरखबहादुर बिष्ट 'आनन्द' शनिबार एकाबिहानै स्थानीय प्रख्यात शक्तिपिठ मोहन्याल मन्दिरमा पुगेर पूजापाठ गरे।

मन्दिरका पुजारी तोयानाथ जोशीको हातबाट आशिर्वाद लिए, र लागे चुनावी अभियानमा। उनी गौरीगंगा ४ को राजीपुरमा पुगेर आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरे। स्थानीयका कुरा चासोपूर्वक सुने। आफ्नो लक्ष र योजना सुनाए। आफू सत्ता, शक्ति र सुविधाका लागि नभएर जनताको सारथि बन्न यो भूमिमा आएको कबुल गरे।

त्यसलगत्तै गोदावरी ५ को बरबट्टा गाउँमा पुग्दा भने उनले नसोचेको दृश्य देखे। नचिताएको स्वाग पाए। केही राजनीतिज्ञप्रति फैलिएको वितृष्णा। व्याप्त भ्रष्चाचार, कुशासन र व्यथितिका कारण आजित बनेर राजनीतिप्रति नै वितृष्णा देखाउने जनता आनन्दको आगमनमा भने उत्साहित मात्र देखिएनन्, फूलमाला, अबिर र बाजागाजासहित स्वागतमा उभिए।

आफ्नो क्षेत्रका उम्मेदवार 'आनन्द'लाई स्थानीय थारु समुदायले आफ्नो सँस्कृति अनुसार सखिया नृत्यसहितको झाँकीले स्वागत गरे। दुलाहालाई झैँ अबिर र मालाले सिंगारे। अनि आग्रह गरे 'नाच्नैपर्छ।' देश र विदेशको परिवेशलाई राम्ररी बुझेका आनन्द पनि के कम, उनले पनि कम्मर कसे। सखिया नृत्यमा छमछमी नाचे। स्थानीयले नारा लगाए। उनको जितको कामना गरे।

उनीसँगै रहेका नेता, कार्यकर्ताले ताली बजाए। हरेक दिन दूरदराजमा पुग्दै जनताका गुनासा, पीर र मर्का सुन्दै योजना बनाउन र बाचा गर्न आनन्द यतिबेला कैलाली क्षेत्र नम्बर ४ का गाउँ गाउँमा पुग्दैछन्।

स्थानीयहरु भन्छन्, 'हाम्रो क्षेत्रमा आजसम्म यसरी घरघरै पुगेको पहिलो नेता तपाईँ हो, अरु पार्टीका पनि उम्मेदवार उठेको त सुनेका छौँ, तर उहाँहरु आउनु भएको छैन।'

Advertisment

थप समाचार