Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, ११ अर्ब ६५ करोड नाघ्यो कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, ११ अर्ब ६५ करोड नाघ्यो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९८.४४ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से २७.१९ अंकले बढेर २७०८.७० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ११ अर्ब ५८ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सुपरमादी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५६ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सुपरमाई हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज कालिञ्चोक दर्शन लिमिटेडको शेयरमूल्य ८.९१ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार