काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२. ४९ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से १०.२५ अंकले घटेर २६९८.४४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिडी पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७७ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा खानी खोला हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ। आज माया खोला हाइड्रोपावर शेयरमूल्य ५.४० प्रतिशतले घटेको छ ।
Advertisment