काठमाडौं : भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।
कम्पनीले कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ मंगलबार बिक्री प्रबन्धक कुमारी क्यापिटलले बाँडफाँट गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीको आईपीओमा कुल २५ लाख ७९ हजार ९ सय २० जनाको आवेदन परेको थियो । जस मध्ये २५ लाख ३९ हजार ८ सय ९२ जनाको आवेदन मात्र योग्य भएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको छ । जसमा ८३ हजार जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।
यस कम्पनीले लमजुङमा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ वैशाखदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।
Advertisment