Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, साढे आठ अर्बमा खुम्चियो कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, साढे आठ अर्बमा खुम्चियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २६.०५ अंकले घटेर २६७२.४९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा आठ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज अरुणभ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा कालिञ्चोक दर्शन कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ६.३६ प्रतिशतले बढेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य ५.२४ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार