Below Menu
Below Menu

पाल्पा सिमेन्ट इन्डष्ट्रिजको आईपीओ फागुन १२ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला 

पाल्पा सिमेन्ट इन्डष्ट्रिजको आईपीओ फागुन १२ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला 

काठमाडौं : पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले फागुन १२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकितदरमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजी तीन अर्ब ७५ करोड  रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख सात कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि र पाँच करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै सामूहिक लगानी कोषहरुका लागि दुई लाख ८१ हजार २५० कित्ता र कर्मचारीहरुका लागि ८१ हजार २५० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको ४५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । 

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयरमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ भने ढिलोमा फागुन २६ गतेसम्म निष्कासनमा रहने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Advertisment

थप समाचार