Below Menu
Below Menu

शेयर बजारमा सामान्य अंकको सुधार, ११ अर्ब १० करोडमाथिको कारोबार

शेयर बजारमा सामान्य अंकको सुधार, ११ अर्ब १० करोडमाथिको कारोबार

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ०.०४ अंकले घटेर २६६२.०९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १३९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ११ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा आठ अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७० करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा मध्य भोटेकोशी जलविद्युत कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । आज कालिञ्चोक दर्शन लिमिटेडको शेयरमूल्य ७.५९ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार