Below Menu
Below Menu

टक्सार पिखुवा खोला हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

टक्सार पिखुवा खोला हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ ।

सेबोनले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित शेयर जारी गर्न शुक्रबार स्वीकृति प्रदान गरेको हो । कम्पनीले ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ६० हजार ६६८ कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो ।

उक्त आईपीओ आयोजना प्रभावित स्थानीयसमेत सर्वसाधारणका लागि खुला गरिनेछ । 

एक अर्ब २० करोड जारी पुँजी रहेको कम्पनीले ३५.२६ प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।  
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Advertisment

थप समाचार