काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत पाँच अर्ब रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (सोमबार) उक्त रकम बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । कार्यालयका अनुसार उक्त ट्रेजरी बिल २०८३ भदौं २ गते परिपक्क हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले फागुन ३ गते दिउँसो २ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि माघ २६ गते पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment