Below Menu
Below Menu

जेष्ठ/अग्रजसँग ‘विकू आशीर्वाद’ कार्यक्रमबाट ८१६ जेष्ठ नागरिक लाभान्वित

जेष्ठ/अग्रजसँग ‘विकू आशीर्वाद’ कार्यक्रमबाट ८१६ जेष्ठ नागरिक लाभान्वित

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक नीति तथा कार्यक्रमअनुसार तय गरिएको जेष्ठ/अग्रज सदस्यसँग ‘विकू आशीर्वाद’ कार्यक्रम अन्तर्गत घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

Sponsored Advertisement

कार्यक्रमअन्तर्गत विकूका पूर्ण सदस्य रहेका गैंडाकोट नगरपालिका वडा नं. १०, ११, १२ र १३ का जेष्ठ नागरिकको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको हो।

उक्त घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रममा गैंडाकोट नगरपालिका नगर अस्पताल तथा गैंडाकोट–१२ आधारभूत स्वास्थ्य केन्द्रको सात दिनसम्म प्राविधिक सहयोग रहेको थियो।

उल्लेखित वडाका ७० वर्षभन्दा माथिका ८१६ जना जेष्ठ नागरिकले स्वास्थ्य परीक्षण सेवा लिएका छन्।

संस्थाले जेष्ठ सदस्यहरूको सम्मान, स्वास्थ्य सुरक्षा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

थप समाचार