Below Menu
Below Menu

सात अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

सात अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत सात अर्ब रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयले सात अर्ब रुपैयाँ बराबरको ३५४ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । कार्यालयका अनुसार उक्त ट्रेजरी बिल २०८३ फागुन ११ गते परिपक्क हुनेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले फागुन ३ गते दिउँसो २ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि फागुन ४ गते पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।

Advertisment

थप समाचार