काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.६९ अंकले घटेर २६१४.५५ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २०.७५ अंकले घटेर २६४२.१५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा आठ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज आँखु खोला जलविद्युत् कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६३ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सालपा विकास बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज बुद्ध भुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८.९२ प्रतिशतले घटेको छ ।
Advertisment