काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २.४१ अंकले बढेर २६१६.९७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २१३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा चार अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एसवाई प्यानल नेपाल कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३७ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सालपा विकास बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज नेपाल बैंकको शेयरमूल्य ३.५८ प्रतिशतले घटेको छ ।
Advertisment