काठमाडौं : सवारी साधन क्षेत्रको प्रवर्द्धन तथा आधुनिक प्रविधिको प्रदर्शन गर्ने उद्देश्यसहित ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को दोस्रो संस्करण पोखरामा आयोजना हुने भएको छ।
पहिलो संस्करणको उल्लेखनीय सफलतापछि आयोजना हुन लागेको उक्त अटो शो यही चैत ११ देखि १५ गतेसम्म लेकसाइडस्थित तालबाराही चोक नजिकको खेल मैदानमा सञ्चालन हुनेछ।
कार्यक्रम नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को प्रस्तुतिमा तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनको आयोजनामा सम्पन्न हुने जनाइएको छ।
आयोजकका अनुसार साना, मझौला तथा ठूला सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यवसायी र कम्पनीहरूलाई सहभागिताका लागि आह्वान गरिएको छ। प्रदर्शनीमा नयाँ प्रविधि, विद्युतीय सवारी, र नवप्रवर्तनात्मक समाधानहरू मुख्य आकर्षण रहने अपेक्षा गरिएको छ।
प्रदर्शनीका लागि स्टल बुकिङ आज फागुन १२ गतेदेखि १९ गतेसम्म खुला गरिएको छ। स्टल व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज् प्रा।लि।ले गर्नेछ। इच्छुक कम्पनी तथा संस्थाहरूले आयोजकसँग सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नेछन्।
Advertisment