Below Menu
Below Menu

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, कारोबार रकम पनि बढ्यो

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, कारोबार रकम पनि बढ्यो

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.३० अंकले बढेर २६४८.९० बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २१.६२ अंकले बढेर २६३८.६० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १५७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ४५ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज आँखु खोला जलविद्युत् कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्स मिल्स रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज हिमालयन पावर पार्टनर कम्पनीको शेयरमूल्य ५.९८ प्रतिशतले घटेको छ । 

 

Advertisment

थप समाचार