काठमाडौं : हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
कम्पनीले प्रतिकित्ता ३५८.८५ रुपैयाँ (प्रिमियमसहित) दरमा कुल २० लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो। यस आईपीओमार्फत कम्पनीले करिब ७४ करोड ४६ लाख १३ हजार ७५० रुपैयाँ पुँजी संकलन गर्ने लक्ष्य लिएको छ।
उक्त आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबी क्यापिटलले पाएको छ।
कम्पनीले आफ्नो वित्तीय सेवा विस्तार तथा व्यवसाय वृद्धिका लागि प्रिमियम मूल्यमा शेयर निष्काशन गर्न लागेको जनाएको छ। अब नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि मात्र सर्वसाधारणका लागि आईपीओ खुला गरिनेछ।
Advertisment