काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.०३ अंकले बढेर २६५४.९३ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १०.३० अंकले बढेर २६४८.९० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १३७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा चार अर्ब १७ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब ४५ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज अपि पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३२ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सालपा विकास बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज नबिल बैंक डिबेञ्चरको शेयरमूल्य ३.६० प्रतिशतले घटेको छ ।
Advertisment