काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ६.०३ अंकले बढेर २६५४.९३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १८७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब १७ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३६ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । आज हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य ४.१६ प्रतिशतले घटेको छ ।
Advertisment